birat ribon

कौटिन्होको गोल गर्भवती पत्निप्रति समर्पित

Neuro
कौटिन्होको गोल गर्भवती पत्निप्रति समर्पित

विराटनगर, १९ असोज । बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कौटिन्होले सेभिल्लाविरुद्ध गरेको गोल आफ्नी गर्भवती पत्निलाई समर्पण गरेका छन् ।

ब्राजिलियन स्टार कौटिन्होले ला लिगाअन्तर्गत आइतबार राति गरेको सो गोल पत्नि एने कौटिन्होप्रति समर्पण गरेको बताएका हुन् ।

cura insider

गए राति बार्सिलानाले र सेभिल्लाविरुद्ध १–१ गोलको बराबरी खेल्दा कौटिन्होले एक गोल गरेका थिए । बार्सिलोनाको मैदान क्याप नोउमा खेलको आठौं मिनेटमा लुक डी योङले गोल गरेपछि पाहुना टोली सेभिल्लाले सुरुआती अग्रता बनाएको थियो ।

त्यसको दुई मिनेट नबित्दै कौटिन्होले गोल गरेपछि बार्सिलोनालाई हारबाट जोगाएका थिए । ‘मेरी पत्नि गर्भवती छिन् । र, यो मेरो गोल मैले गर्भवती पत्निलाई समर्पण गरेको छु’, खेलपछि पत्रकारसँग बोल्दै कौटिन्होले भने, ‘यो मेरो तेस्रो सन्तान हुनेछ ।’

दसौं मिनेटमा गोल गरेका कौटिन्होले बल आफ्नो टि–शर्टभित्र राखेर सेलिब्रेसन गरेका थिए ।

यस्तै कौटिन्होले बार्सिलोनाबाटै आफूले धेरै उपलब्धी हासिल गर्न चाहेको बताए । ‘म कठिन कामको र ठूलो उपलब्धीको भोको छु । र, यो सबै कुरा म यहीँबाट हासिल गर्न चाहन्छु’, उनले थपे ।

jackson ribon