birat ribon

क्यान्सर कोष पत्ता लगाएर नष्ट गरिदिने सूक्ष्म रोबोट

Neuro
क्यान्सर कोष पत्ता लगाएर नष्ट गरिदिने सूक्ष्म रोबोट

विराटनगर, १९ असोज । अमेरिकास्थित कोर्नेल युनिभर्सिटीका वैज्ञानिकहरूले आँखाले नदेख्ने सूक्ष्म रोबोट बनाएका छन् ।

चारखुट्टे टेकेर हिँड्ने रोबोटले कुनै दिन मानव शरीरभित्र प्रवेश गरेर विभिन्न रोगसँग संघर्ष गर्ने अपेक्षा गरिएको छ । आँखाले नदेखिने यस्ता रोबोट अंग्रेजी भाषामा वाक्य टुंग्याउन लेखिने फुलस्टप चिह्नमा (.) १० वटा अट्न सक्ने बताइएको छ । कागजको कला बनाउने जापानको ओरिग्यामीबाट अभिप्रेरित भएर रोबोटको खुट्टा बनाइएको हो ।

cura insider

तिनीहरूको खुट्टा स्वतन्त्ररूपमा लेजर बत्ती प्रयोग गरेर झुकाउन सकिन्छ । लेजरलाई खुट्टाको बीच लगेर अगाडि र पछाडि गरेमा रोबोट हिँड्दछ । १० लाखवटा रोबोट बनाउन एक हप्ताभन्दा कम समय लाग्ने छ । इटाइ कोहेन र प्रोफेसर पल म्याकइयुन ल्याबस्ले यो एक चिकित्सा उपकरण बन्न सक्ने आशा राखेका छन् ।

यी रोबोटहरू सूक्ष्म शल्यक्रियाका लागि साना साधनको रुपमा प्रयोग गरिने छन् । सुईको माध्यमबाट शरीरमा दिइने रोबोटले भित्र ब्याक्टेरिया र ट्युमरको कोष पत्ता लगाई काटेर नष्ट गरिदिने छन् । अन्ततः यस्तै रोबोटहरू क्यान्सर सेलहरू खोज्न र नष्ट गर्न डिजाइन गर्न सकिने बताइएको छ ।

jackson ribon