birat ribon

दिल्ली भर्सेज बैंग्लोर : प्लेयर्स टू वाच

Neuro
दिल्ली भर्सेज बैंग्लोर : प्लेयर्स टू वाच

विराटनगर, १९ असोज । निकै फर्ममा देखिएका दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको विजेता जारी आईपीएलको अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछन् ।

आ–आफूले खेलका चारमध्ये तीन खेलमा जित निकालेका यी दुवै टोलीबीचको आजको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । तीन खेलपछि बल्ल फर्ममा देखिएका कप्तान विराट कोहलीले सम्हालिरहेको बैंग्लोर आफ्नो पछिल्ला दुई खेल जित्दै हौसिएको छ भने लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका दिल्लीका युवा कप्तान श्रेयस अय्यर पनि आजको खेलमा आफ्नो टोलीलाई नेतृत्व गर्न तयार छन् ।

cura insider

युवाजोश, सन्तुलन र अनुभवले भरिएका दुवै टोलीका खेलाडीहरूको भूमिका आजको खेलमा उत्तिकै महत्ववूर्ण हुनेछ तर आजको खेलमा प्रत्यक्ष प्रभाव पार्न सक्ने र जित आफ्नो टोलीको पक्षमा पार्न सक्ने चार खेलाडीलाई हामीले आजको खेलका ‘प्लेयर्स टू वाच’का रूपमा यहाँ प्रस्तुत गरेका छौं :

विराट कोहली, कप्तान, ब्याट्सम्यान, रोयल च्यालेन्जर्स बैंग्लोर

जारी आईपीएलको पहिलो तीन खेलसम्म जादू देखाउन नसकेका विराट कोहलीले बैंग्लोरको चौथो खेलमा भने आफ्नो क्षमता देखाइदिएका छन् । ७२ रनको ‘नटआउट’पारी खेलका उनले राजस्थानविरुद्ध आठ विकेटको जित दर्ता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

तीन खेलमा २९ बलको सामना गर्दै १८ रन मात्रै बनाउन भ्याएका कोहलीले बललाई ‘बाउन्ड्री’को दिशा दिन सकिरहेका थिएनन् । तर राजस्थानविरुद्धको खेलमा सात चौका र दुई छक्का प्रहार गर्दै कोहलीले आफू फर्ममा आइसकेको जानकारी दिइसकेका छन् । आईपीएलमा पाँच हजार पाँच सय दुई रन बनाइसकेका कोहली ‘ओरेन्जक्याप’ होल्डर हुन् । आजको खेलमा पनि कोहलीले राजस्थानविरुद्धको जस्तै प्रदर्शन गर्ने हो भने दिल्लीलाई हराउँदै तालिकाको शीर्ष स्थानमा बैंग्लोरलाई पुग्नबाट कसैले रोक्न सक्दैन ।

युजवेन्द्र चाहल, लेग स्पिनर, रोयल च्यालेन्जर्स बैंग्लोर

जारी आईपीएलमा सबैभन्दा बढी विकेट लिने खेलाडी हुन् बैंग्लोरका स्पिनर युजवेन्द्र चाहल । बैंग्लोरलाई तीन जित दिलाउन आफ्नो जादू देखाइसकेका चाहल आजको प्लेयर्स टू वाच हुन् । आफूले खेलेका हरेक खेलमा विकेट लिन सफल रहेका चाहलले चार खेल खेल्दै आठ विकेट लिइसकेका छन् ।

पहिलो खेलमा दुई विकेट लिँदै प्रतियोगिता सुरु गरेका उनले दोस्रो र तेस्रो खेलमा समान एक–एक विकेट लिएका थिए । तर चौथो खेलमा राजस्थानविरुद्ध आठ विकेटको भारी अन्तरको जित निकाल्न युजवेन्द्रले लिएका तीन विकेतको योगदान निकै महत्वपूर्ण रह्यो । राजस्थानका तीन खेलाडी, सञ्जु सामसन, रोबिन उथप्पा र महिपाल लोम्रोरलाई पेभेलियन फर्काएका युजवेन्द्रले खेलको ‘मोमेन्टम’ बैंग्लोरको पक्षमा पार्न सफल भएका थिए । आजको खेलमा पनि युजवेन्द्रको सोही प्रदर्शन दोहोरिने हो भने बैंग्लोरले दिल्लीलाई हारको स्वाद नचखाउलान् भन्न सकिन्नँ ।

श्रेयस अय्यर, कप्तान, ब्याट्सम्यान, दिल्ली क्यापिटल्स

पहिलो कप्तानीमा नै दिल्लीलाई क्वालिफायरसम्म पु¥याउने सफल कप्तानहुन् श्रेयस अय्यर । आफ्नो कप्तानी र ब्याटिङलाई समान तरिकाले लगिरहेका अय्यर आजको खेलको प्लेयर्स टू वाच हुन् । पहिलो खेलमा ३९ रन बनाएका अय्यर दोस्रो र तेस्रो खेलमा ब्याटिङमा चल्न नसके पनि चौथो खेलमा भने उनको ब्याटिङ तारिफयोग्य रह्यो ।

कोलकतालाई १८ रनले पराजित गर्ने क्रममा अय्यरले कप्तानी नटआउट पारी खेल्दै बनाएको अर्धशतकले महत्वपूर्ण योगदान दियो । जारी आईपीएलमा हालसम्मकै उच्च स्कोर दुई सय २८ खडा गर्ने अय्यरले ३८ बलमा सात चौका र ६ छक्काको मद्दतमा बनाएको ८८ रन विशेष रह्यो । आजको खेलमा पनि अय्यरले आफ्नो व्यक्तिगत र कप्तानी जिम्मेवारी यसरी नै सम्हाल्ने हो भने जारी आईपीएलको अंक तालिकाको शीर्ष स्थानमा दिल्ली उक्लने पक्का छ ।

अनरिच नोर्ट्जे, बलर, दिल्ली क्यापिटल्स

चार खेलमा पाँच विकेट लिँदै दिल्लीका लागि दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन्, अनरिच । अनरिच र रबाडाले दिल्लीको बलिङ लाइनअप मज्जाले सम्हालिरहेका छन् । २०१९ मा कोलकताले उनलाई क्लबमा भित्र्याएको भएपनि चोटका कारण उनले आईपील खेल्न सकेनन् । तर २०२० मा दिल्ली आइपुगेको नोर्ट्जेको यो पहिलो आईपीएल हो ।

हिलो खेलमा चार ओभर बलिङ गरेका उनले विना विकेट ३३ रन खर्चेका थिए । तर दोस्रो खेलमा दिल्ली विरुद्ध जित दर्ता गर्न नोत्र्जेको दुई विकेटको योगदान महत्वपूर्ण रह्यो । मुरली विजय र केदार जादवको विकेट लिएका उनले २१ रन मात्र दिएका थिए । दिल्लीको तेस्रो खेलमा महंगा सावित भएका उनको बलिङ निकै खर्चिलो रह्यो ।

प्रतियोगिताकै पहिलो हार भोग्ने क्रममा हैदराबादसँग पराजित भएको दिल्लीका लागि चार ओभर बलिङ गरेका उनले ४० रन दिएका थिए । तर चौथो खेलमा भने उनको प्रदर्शन तारिफयोग्य रह्यो । चार ओभर बलिङ गरेका नोत्र्जेले ३३ रन दिएर सुनिल नारायण, इयोन मोर्गान र प्याट कुमिन्सको विकेट लिँदै कोलकताविरुद्ध दिल्लीको जित निश्चित गरिदिएका थिए । आजको खेलमा पनि नोत्र्जेबाट यस्तै उत्कृष्ट खेलको अपेक्षा गर्न सकिन्छ ।

jackson ribon