birat ribon

यी व्यक्तिहरूलाई दालचिनीको सेवन हानिकारक हुन सक्ने

Neuro
यी व्यक्तिहरूलाई दालचिनीको सेवन हानिकारक हुन सक्ने

विराटनगर, १९ असोज । दालचिनीले सुगन्ध र स्वाद दिनुका साथै यसले धेरै औषधीय गुणहरू पनि प्रदान गर्छ ।

दालचिनी पोषक तत्व र भिटामिनहरूले भरिएको हुन्छ, जुन सही अनुपातमा सेवन गरेमा शरीरलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै उच्च रक्तचाप, क्यान्सर, मोटोपनासहितका दीर्घकालीन रोगको जोखिमलाई पनि रोक्ने गर्छ । सामान्यतया, दालचिनी पाउडर सेवन गर्नका लागि सुरक्षित मानिन्छ । तर, यसमा भएको निश्चित यौगिकका कारण केही व्यक्तिलाई दालचिनीको सेवन हानिकारक हुन सक्छ ।

cura insider

यी मानिसहरूले दालचिनीको सेवन गर्नुअघि सावधानी अपनाउनु आवश्यक हुन्छ । दालचिनीमा हुने कौमारिनले मसलालाई मीठो स्वाद दिने काम गर्छ । तर, यसलाई रगत पातलो पार्ने औषधिहरू बनाउन पनि प्रयोग गरिन्छ । त्यसैले, पहिलेदेखि नै रगत पातलो पार्ने औषधिको सेवन गरिरहेका मानिसहरूले दालचिनीको अत्यधिक सेवन गर्नु हुदैन ।

एलर्जी प्रतिक्रिया वा पाचन समस्या भएका कारण हुने माउथ अल्सर एक आम स्वास्थ्य सम्बन्धित समस्या हो । अधिकांश मानिसहरूले कुनै न कुनै समयमा यो अनुभव गरेका छन् तर, केही मानिसहरूका लागि भने यो नियमित समस्या जस्तै भएको छ । एलर्जीको प्रतिक्रियालाई सुचारु गर्न सक्ने हुँदा माउथ अल्सर भएका मानिसहरूले दालचिनी सेवन गर्दा सावधान हुनु पर्छ ।

कौमारिनले कलेजोमा क्षति पु¥याउन सक्ने हुँदा कलेजो सम्बन्धित जटिलताको लक्षणहरूलाई नराम्रो बनाउन सक्छ । लिभर सिरोसिस र जन्डिसको समस्याबाट ग्रस्त व्यक्तिहरूले डाक्टरको परामर्शविना दालचिनीको सेवन गर्नु हुँदैन । दालचिनी समयपूर्व प्रसव पीडा वा गर्भाशय संकुचन गराउन सक्छ । त्यसकारण गर्भवती महिलाका साथै स्तनपान गराउने महिलाले पनि डाक्टरलाई परामर्श नगरी धेरै दालचिनीको सेवन गर्नु हुँदैन ।

दालचिनीले रगतमा चिनीको स्तर कम गर्न परिचित छ । तर, मधुमेहको औषधिको सेवन गरिरहेका मानिसहरूले दालचिनीको सेवनबाट जोगिनु पर्छ । दालचिनीमा पाइने यौगिकहरूले मधुमेहका औषधिसँग प्रतिक्रिया गरी रगतमा चिनीको मात्रालाई एकदम कम गराउँछ जसकारण रिँगटा लाग्ने वा बेहोस पनि हुने सम्भावना रहन्छ ।

jackson ribon