birat ribon

बराबरीमा रोकिएपछि कोइम्यानले भने : ‘सेभिल्ला बार्सिलोनाभन्दा बलियो’

Neuro
बराबरीमा रोकिएपछि कोइम्यानले भने : ‘सेभिल्ला बार्सिलोनाभन्दा बलियो’

विराटनगर, १९ असोज । डच प्रशिक्षक रोनाल्ड कोइम्यानले सेभिल्ला बार्सिलोनाभन्दा बलियो टोली भएको प्रतिक्रिया दिएका छन् । ला लिगाअन्तर्गत सेभिल्लासँग बराबरीमा रोकिएपछि पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका प्रशिक्षक कोइम्यानले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आइतबार राति भएको खेलमा बार्सिलाना र सेभिल्लाले १–१ गोलको बराबरी खेलेका थिए । बार्सिलोनाको मैदान क्याप नोउमा पाहुना टोली सेभिल्लाले सुरुआती अग्रता बनाएको थियो ।

cura insider

खेलको आठौं मिनेटमा लु्क डी योङले गोल गर्दै सेभिल्लाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट नबित्दै फिलिप्पे कौटिन्होले गोल गरेपछि बार्सिलोना बराबरीमा फर्किएको थियो । र, बाँकी समय गोल हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँडे ।

‘यो निकै नै कठिन खेल थियो, उनीहरूले हामीलाई दवाव दिएका थिए’, खेलपछि बोल्दै कोइम्यानले भने, ‘हाम्रो कमजोरी भनेको बलसँग आफूले चाहेजस्तो नखेल्नु हो । उनीहरूले राम्रो खेल्छन् र विपक्षीलाई दवाव दिन्छन् । शारीरिक रूपमा उनीहरू हामीभन्दा बलिया छन् ।’

‘उनीहरू उत्कृष्ट टिम हुन् । मेरो विचारमा हामीले पनि राम्रो खेल्यौं तर हामीले धेरै बल गुमायौं विशेषगरी दोस्रो हाफमा । यसैले हामीलाई खेलमा लय समात्न गाह्रो भयो । तथापि, म मेरो टोली प्रदर्शनदेखि खुशी छु । टोली थाकेको छ तर हामी अन्तिमसम्म नै लडाइँ लड्छौं’, उनले थपे ।

यससँगै बार्सिलोना सात अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । पहिलो खेलमा भिल्लारियलमाथि ४–० गोलको शानदार जित निकालेको बार्सिलोनाले दोस्रो खेलमा सेल्टा भिगोलाई ३–० गोलले हराएको थियो ।

jackson ribon