birat ribon

मेस्सीको कप्तानीमा अर्जेन्टिनी टोली घोषणा, अग्युरो र डी मारिया परेनन्

Neuro
मेस्सीको कप्तानीमा अर्जेन्टिनी टोली घोषणा, अग्युरो र डी मारिया परेनन्

विराटनगर, १९ असोज । फिफा विश्वकप छनौट खेलका लागि अर्जेन्टिनी टोली घोषणा भएको छ । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप छनौटअन्तर्गत इक्वाडर र बोलिभियाविरुद्ध खेल्ने २८ सदस्यीय टोली घोषणा गरेका छन् ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीमा सर्जियो अग्युरो र एन्जल डी मारिया भने परेनन् । म्यानचेस्टर सिटीका स्टार अग्युरोले चोटका कारण स्थान बनाउने सकेनन् ।

cura insider

अर्जेन्टिनाले विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत अगामी बिहीबार इक्वाडरसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्जेन्टिनाले बोलिभियाविरुद्ध खेल्नेछ ।

सो टोलीमा मेस्सीका साथै पाउलो डेबाला र लाउटारो मार्टिनेज पनि टोलीमा छन् । आजैबाट अर्जेन्टिनी टोलीले प्रशिक्षण थाल्ने बताइएको छ ।

अर्जेन्टिनी टोलीमा नपरेपछि डी मारिया निराश

jackson ribon