birat ribon

केही दुर्घटना भइहाले सरकारले जिम्मेवारी लिनुपर्ने : कांग्रेस

Neuro
केही दुर्घटना भइहाले सरकारले जिम्मेवारी लिनुपर्ने : कांग्रेस

काठमाडौ, १९ असोज । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दा पनि वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाइ छ ।

cura insider

प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गरेका छन् । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुस्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने उनले बताए ।

अनसनको २२ दिन पुग्दा पनि सरकारले वार्तासमेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिष्टतन्त्र जागृत भइरहेको शर्माले बताए । अधिनायकवादी आकांक्षा राखेर अगाडि बढेको सरकारले केसीका मागहरु सुनुवाइ गर्न ढिलाइ गरिरहेको उनले बताए ।

नेपाली कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्ट्याउँदा अहिलेको अवस्था आएको उनले बताए । कांग्रेसले शुल्क समायोजन, अध्यादेशमार्फत् ७५ प्रतिशत छात्रवृत्ति, काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरे पनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शमाले बताए ।

आइतबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीका माग परा गर्न सरकारलाई अपिल गरेका छन् ।

jackson ribon