birat ribon

‘मुन्द्रेको कमेडी क्लब’को सिजन २ मा दीपाश्रीको ठाउँमा करिश्मा

Neuro
‘मुन्द्रेको कमेडी क्लब’को सिजन २ मा दीपाश्रीको ठाउँमा करिश्मा

विराटनगर, १९ असोज । चर्चित टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’को सिजन २ मा अध्यक्षको रुपमा अभिनेत्री करिश्मा मानन्धर रहने भएकी छिन् ।

कलाकार जितु नेपालले सञ्चालन गर्दै आएको कार्यक्रमको पहिलो सिजनमा कलाकार तथा निर्देशक दीपाश्री निरौला अध्यक्षको रूपमा थिइन् । तर, दोस्रो सिजनमा उनलाई करिश्माले रिप्लेस गरेको बताइएको छ । लकडाउनमा महानायकको विषयमा ठूलो विवादमा तानिएका कारण कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा दीपाश्रीलाई हटाइएको चर्चा चलेको छ । तर, यस विषयमा टिमले कुनै जानकारी दिएको छैन ।

cura insider

जीतुको आग्रह नकार्न नसकेर करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजनमा अध्यक्षता ग्रहण गरेको बताएकी छन् । साथै उनले दीपाको विषयमा केही थाहा नभएको पनि बताएकी छिन् । निर्देशक तथा कलाकार दीपाश्रीले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिरिजमा आफू नरहने भन्दै फेसबुकमा लेखेकी छिन् ।

पहिलो सिरिजमा अध्यक्षमा चुनेर रमाइलो कुर्सीमा बस्ने अवसर दिएकोमा सबैलाई धन्यवाद दिँदै निकट भविष्यमा केही फरक कार्यक्रमका साथ टेलिभिजनमा फर्किने बताएकी छन् । ‘मुन्द्रेको कमेडी क्लब’ कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बन्द भएको थियो । लकडाउन खुलेसँगै अब यो शो पुनः सञ्चालनमा आउने भएको छ । सामाजिक दुरी र संक्रमणको जोखिम न्यून गर्दै नयाँ सिजनको काम भइरहेको टिमले जानकारी दिएको छ ।

jackson ribon