birat ribon

भिटामिन डीको अभावले मोटोपना निम्त्याउने

Neuro
भिटामिन डीको अभावले मोटोपना निम्त्याउने

विराटनगर, १९ असोज । भिटामिन डीले हड्डी तथा प्रतिरोधात्मक क्षमतालाई मजबुत गर्न मद्दत गर्छ ।

पछिल्लो अध्ययनहरूका अनुसार शरीरमा भिटामिन डीको पर्याप्त स्तरले कोभिड १९ का बिरामीहरूलाई गम्भीर हुन बाट रोक्न सकिन्छ । तर, अब भने शरीरमा भिटामिन डीको अभावले मोटोपना निम्त्याउन सक्ने अध्ययनले देखाएको छ । शरीरमा पौष्टिक तत्वको कमीहरूले तौल कम गर्न ठूलो भूमिका खेल्छ ।

cura insider

जर्नल वैज्ञानिक रिपोर्टमा प्रकाशित अध्ययनले भिटामिन डीको कमीले फ्याटको संकलन र वृद्धिबीचको मेटाबोलिक सन्तुलनलाई बिगार्न सक्ने पत्ता लगाएको छ । अध्ययनले भिटामिन डीको स्तर र मेटाबोलिक सन्तुलनबीचको सम्बन्धलाई देखाएको छ । भिटामिन डीको कमी भएका व्यक्तिहरूमा ट्राइग्लिसराइड र कोलेस्ट्रोलको स्तर पनि उच्च थियो, जसकारण मेटाबोलिक रोगहरू (मोटोपना, मुटु रोग, डाइबिटिज, स्ट्रोक) निम्तिन सक्छन् ।

भिटामिन डीले फ्याटलाई भण्डारण गर्नुको साटो यसलाई उर्जामा विस्तार गर्ने क्षमतामा महत्वपूर्ण भूमिका खेल्छ । भिटामिन डीको अभाव भएको माछामा गरिएको अध्ययनमा बढी फ्याट भण्डार भएको पाइयो । परिणाम हेर्नका लागि प्रारम्भिक नतिजाहरूपछि माछालाई ६ महिनाका लागि भिटामिन डी भएको आहार दिइयो ।

त्यसपछि माछाले भण्डार गरेको फ्याट उपयोग गर्न थाल्नको साटो अन्य जस्तो पनि आकारमा परिवर्तन आएन । अध्ययनका लेखकले भिटामिन डीको अभावले फ्याट संकलन गरी बोसोमा हुने वृद्धिबीचको सामान्य सन्तुलन बिगार्दै मेटाबोलिक स्वास्थ्यलाई असर गर्न सक्ने हुँदा तौल बढ्ने बताएका छन् ।

jackson ribon