birat ribon

कोरोना कहर : डिपिएल सञ्चालनमा अन्योल

Neuro
कोरोना कहर : डिपिएल सञ्चालनमा अन्योल

धनगढी, १९ असोज । कोरोना महामारीका कारण धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिता सञ्चालनमा अन्योल भएको छ ।

यो वर्ष कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय भएको थियो । तर कोरोना महामारीका कारण घाेषित मितिमा आयोजना नहुने भएको हो ।

cura insider

आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भब भएको जनाएको छ । प्रतियोगिता आयोजनाका लागि नयाँ मिति घोषणा गरिने छ ।

विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन् । रासस

jackson ribon