birat ribon

आजबाट श्रम स्वीकृतिको काम सुरु हुने

Neuro
आजबाट श्रम स्वीकृतिको काम सुरु हुने

विराटनगर, १९ असोज । कर्मचारीलाई कोरोना देखिएपछि बन्द भएको श्रम स्वीकृतिको काम आज (सोमबार)बाट पुनः सुरु हुने भएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो । वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सेवा दिन थालेको हो ।

cura insider

कार्यालयले स्वास्थ्य सुरक्षाको अधिनमा रही सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ । कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।

jackson ribon