birat ribon

टेम्पो र मोटरसाइकल ठोक्किएर एकको मृत्यु

Neuro
टेम्पो र मोटरसाइकल ठोक्किएर एकको मृत्यु

विराटनगर, १९ असोज । मोरङको सुनवर्षी नगरपालिका–३ अमरदहमा टेम्पो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १३ प १७८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट टेम्पो एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक सुनवर्षी–२ का २० वर्षीय सुनिल खत्वेको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारका अनुसार दुर्घटनामा टाउको र अनुहारमा चोट लागेर खत्वे घाइते भएका थिए ।

cura insider

उनलाई उपचारका लागि विराटनगरको गोल्डे अस्पताल ल्याइपु¥याउन साथ चिकित्सकले आइतबार साँझ ७ः३० बजेतिर मृत घोषित गरेको जानकारी पोदारले दिए । मोटरसाइकल, टेम्पो र टेम्पो चालक सुनवर्षी–९ का ३८ वर्षीय मोहमद महफिललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट आमा–छोरा घाइते
यसैबीच मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका आमा–छोरा घाइते भएका छन् । उर्लाबारी–आमबारी सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख २०४० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३२ प २३७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–६ का ३८ वर्षीय तेजबहादुर राई र पछाडि सवार उनकी आमा ६५ वर्षीया मायादेवी राई घाइते भएको पोदारले बताए । उनका अनुसार तेजबहादुरको दाहिने हातमा र मायादेवीको छात्तीमा चोट लागेको छ ।

दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । टिपर चालक मोरङको लेटाङ नगरपािलका–९ का ३५ वर्षीय सोमनाथ सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

jackson ribon