birat ribon

जब नापोली युभेन्टससँग खेल्न मैदान उत्रिएन…

Neuro
जब नापोली युभेन्टससँग खेल्न मैदान उत्रिएन…

विराटनगर, १९ असोज । इटालियन सिरी ‘ए’अन्तर्गत साविकको विजेता युभेन्टस र नापोलीबीचको खेल स्थगन भएको छ । नेपाली समयानुसार आइतबार राति १२ः३० बजेबाट हुने तय भएकाे खेल अन्तिम समयमा स्थगित हुन पुगेको हो ।

यसै साता आफ्ना दुई खेलाडीमा कोरोना संक्रमण देखिएको भन्दै नापोलीले युभेन्टसविरुद्ध खेल्न अस्वीकार गरेको हो । युभेन्टसको मैदानमा हुने तय भएको यस खेलका लागि घरेलु टोली एक घण्टाअघि नै मैदान उत्रिएको थियो ।

cura insider

उसले नापोलीविरुद्धको सुरुवाती ११ पनि सार्वजनिक गरेको थियो । तर, अन्तिम समयमा नापोलीले आफ्ना खेलाडीमा कोरोना पोजिटिभ देखिएको र उनीहरू आइसोलेशनमा रहेका कारण खेल्न अस्वीकार गरेको हो ।

विज्ञप्ति जारी गर्दै युभेन्टससँगको खेल खेल्न नसक्ने जनाएको हो ।

अघिल्लो आइतबार नापोलीले जेनोआलाई आफ्नो मैदानमा आतिथ्यता प्रदान गरेको थियो, जसमा १७ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यसैले जेनोआ र टोरिनोबीचको शनिबारलाई तय भएको खेल पनि स्थगित भएको थियो ।

युभेन्टस नापोलीविरुद्ध भिड्दा दोस्रो जितको खोजीमा थियो । यसअघि दुई खेल खेलेको युभेन्टसले पहिलो खेलमा साम्पोडोरियासँग ३–० गोलको जित निकालेको थियो । तर, दोस्रो खेलमा ऊ रोमासँग २–२ गोलको बराबरीमा रोकियो ।

हाल ऊ ४ अंकसहित तालिकाको आठौं स्थानमा छ । यता, नापोली भने समान खेलबाट छ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

नापोलीले पहिलो खेलमा पर्मामाथि २–० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा जेनोआसँग ६–० गोलको फराकिलो जित निकालेको थियो ।

jackson ribon