birat ribon

आईपीएल : पञ्जाबमाथि चेन्नईको शानदार जित

Neuro
आईपीएल : पञ्जाबमाथि चेन्नईको शानदार जित

विराटनगर, १९ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविकको उपविजेता चेन्नई सुपर किंग्सले शानदार जित निकालेको छ । आइतबार भएको खेलमा चेन्नईले किंग्स एलेभेन पञ्जाबमाथि १० विकेटको शानदार जित निकालेको हो ।

दुबई इन्टरनेशनल स्टेडियममा पञ्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्‍यो ।

cura insider

चेन्नईका फाप डु प्लेसिसले ८७ रन जोड्दा शेन वाट्सनले ८३ रन बनाए । समान ५३ बल खेलेका दुवै समान ११ चौका प्रहार गरेका थिए । वाट्सनले ३ छक्का हिर्काए भने प्लेसिसले एउटा छक्का प्रहार गरे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान केएल राहुलले अर्धशतकीय इनिङ्स खेले । ५२ बल खेलेका उनले ७ चौका र १ छक्काको सहायतामा ६३ रन बनाए ।

यस्तै निकोलास पुरनले ३३ रन जोड्दा मन्दीप सिंहले २७ रन बनाए । मयांक अग्रवालले २६ रन बनाउँदा सर्फराज खानले अजिवित १४ तथा ग्लेन म्याक्सवेलले अजिवत ११ रन जोडे ।

चेन्नईका शार्दूल ठाकुरले दुई विकेट लिँदा रवीन्द्र जडेजा र पियूष चावलाले समान एक–एक विकेट लिए ।

यस जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेल खेलेको पञ्जाब २ अंकका साथ पुछारमा झरेको छ ।

jackson ribon