birat ribon

लेवान्डोस्कीको ह्याट्रिकसहित चार गोल, बायर्नको साँघुरो जित

Neuro
लेवान्डोस्कीको ह्याट्रिकसहित चार गोल, बायर्नको साँघुरो जित

विराटनगर, १९ असोज । जर्मन बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन क्लब बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले हेर्थामाथि ४–३ गोलको साँघुरो जित निकालेको हो ।

बायर्नको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित चार गोल गरे । हेर्थाका लागि झोन कोर्डोबा, माथेअस कुन्हा र जेसिक एनगांकमले समान एक–एक गोल गरे ।

cura insider

खेलको ४०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । ५१औं मिनेटमा दोस्रो गोल गर्दै लेवान्डोस्कीले बायर्नको अग्रता दोब्बर बनाए ।

खेलको ५९औं मिनेटमा कोर्डोबा र ७१औं मिनेटमा कुन्हाले गोल गरेपछि हेर्था बराबरीमा फर्कियो । फेरि लेवान्डोस्कीले ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र घरेलु टोलीलाई अग्रता दिलाए ।

त्यसको तीन मिनेट नबित्दै एनगांकमले गोल गर्दै हेर्थालाई पुनः बराबरीमा फर्काए । खेलको इन्ज्युरी समयमा बायर्नले पेनाल्टीकौ मौका पाएको थियो, जसमा लेवान्डोस्कीले गोल गर्दै ४–३ गोलको जित दिलाए ।

जितसँगै बायर्नले ३ खेलबाट ६ अंक बटुलेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ । पराजित हेर्था भने ३ अंकका साथ १३औं स्थानमा छ ।

jackson ribon