birat ribon

कालोबजारी गरेकोभन्दै राज्यमन्त्रीविरुद्ध उजुरी

Neuro
कालोबजारी गरेकोभन्दै राज्यमन्त्रीविरुद्ध उजुरी

विराटनगर, १९ असोज । चाडपर्व नजिकिएको बेला उद्योग बाणिज्य तथा आपुर्ती राज्य मन्त्री मोदीलाल दुगडले नै कालोबजारी गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ।

उपभोक्ता ठग्नेहरुलाई कार्वाही गर्ने मन्त्रालयको जिम्मेवारी लिएका मन्त्रीनै कालोबजारीमा संलग्न भएपछि उपभोक्ता अधिकारकर्मीहरुले प्रधानमन्त्रीसँग उजुरी दिएका हुन् । राज्यमन्त्री दुगडको कम्पनीले एकपछि अर्को कालोबजारी गर्दै आएको उपभोक्ताको गुनासो छ। यस अघि नै भ्रष्टाचार, कमिशन, केही व्यापारिक घरानासँगको मिलेमतोमा करमा घटबढ गरेको विवादमा मुछिएका दुगडको अर्को बद्मासी बाहिर आएको हो।

cura insider

सेञ्चुरी साल्टका नाममा राज्यमन्त्री दुगड सञ्चालक रहेको दुगड स्पाइस एण्ड फुडस प्रालिले स्वीकृति नै नलिइ प्याकेजिङ गरेर महँगोमा नुन बिक्री गरिरहेको पाइएको छ। राष्ट्रिय उपभोक्ता मञ्चले यसरी गैरकानूनी रुपमा उत्पादन बजारमा लगेर कालोबजारी गर्ने उद्योग र मन्त्रीलाई कारबाहीको माग गर्र्दौ उजुरी दिइएको मञ्चले जनाएको छ।

नेपालमा आयोडीनयुक्त नून सरकार को साल्ट ट्रेडिङ बाहेक अरुले बिक्री गर्न पाउँदैन । तर, उद्योग राज्य मन्त्री ने कानून की धज्जी उडाएको उपभोक्ता अधिकारकर्मीहरुले बताएका छन् । मञ्चले अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागमा पनि २०७७ भदौ १२ गते उजुरी दिएको अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिएका छन् ।

राज्यबाट स्वीकृति नलिइ उत्पादन बजारमा लडकी दुगडको उद्योगले २० रुपैयाँ प्रति केजी पर्ने नुनलाई प्रति सयग्राम ३२ रुपैयाँमा बिक्री गरिरहेको मञ्चको आरोप छ । आजको हाम्रोमत दैनिकमा समाचार छ

jackson ribon