birat ribon

आफ्नै मैदानमा सेभिल्लासँग बार्सिलोना बराबरीमा रोकियो

Neuro
आफ्नै मैदानमा सेभिल्लासँग बार्सिलोना बराबरीमा रोकियो

विराटनगर, १९ असोज । स्पेनिस ला लिगामा बार्सिलोना र सेभिल्लाले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा बार्सिलाना र सेभिल्लाले १–१ गोलको बराबरी खेलेको हुन् ।

बार्सिलोनाको मैदान क्याप नोउमा पाहुना टोली सेभिल्लाले सुरुआती अग्रता बनाएको थियो । खेलको आठौं मिनेटमा लुक डी योङले गोल गर्दै सेभिल्लाई अग्रता दिलाए ।

cura insider

त्यसको दुई मिनेट नबित्दै फिलिप्पे कौटिन्होले गोल गरेपछि बार्सिलोना बराबरीमा फर्कियो । र, बाँकी समय गोल हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँडे ।

यससँगै बार्सिलोना सात अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । पहिलो खेलमा भिल्लारियलमाथि ४–० गोलको शानदार जित निकालेको बार्सिलोनाले दोस्रो खेलमा सेल्टा भिगोलाई ३–० गोलले हराएको थियो ।

यता, सेभिल्ला समान अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ऊ गोलान्तरको आधारमा बार्सिलोनाभन्दा पछाडि छ ।

सेभिल्लाले पहिलो खेलमा कार्डिजलाई ३–१ गोलले हराएको थियो भने दोस्रो खेलमा लेभान्टेमाथि १–० गोलको जित निकालेको थियो ।

jackson ribon