birat ribon

कोभिड संक्रमितले नरिबल तेल र पुदिनाको गन्ध थाहा नपाउने

Neuro
कोभिड संक्रमितले नरिबल तेल र पुदिनाको गन्ध थाहा नपाउने

विराटनगर, १८ असोज । खोकी वा ज्वरोभन्दा गन्ध र स्वाद थाहा नपाउनु कोभिड १९ पहिचान गर्ने लक्षण भइसकेको छ ।

धेरै अनुसन्धानकर्ताहरूका अनुसार कोरोना भाइरसको संक्रमण भएकाहरूमा एनोस्मिया अर्थात् गन्धको क्षति संक्रमणको प्रारम्भिक चेतावनी चिन्ह हो ।

cura insider

राष्ट्रिय कृषि-खाद्य जैव प्रौद्योगिकी संस्थान मोहाली र स्नातकोत्तर मेडिकल शिक्षा तथा अनुसन्धान संस्थान चण्डीगढका अन्वेषकहरूले हालै गरेको अध्ययनले संक्रमितहरूले केही निश्चित गन्ध वा सुगन्ध मात्र थाहा पाउन नसक्ने पत्ता लगाएका छन् ।

गन्ध परीक्षणको लागि लसुन, पुदिना, अलैंची, नरिवलको तेल र सौंफलाई लिइएको थियो । अध्ययनका लागि ४९ एसिम्प्टोमेटिक कोरोना भाइरसका बिरामी र संक्रमित नभएका ३५ स्वास्थ्य व्यक्तिको गन्ध परीक्षण गरिएको थियो ।

अन्वेषकहरूले कोभिड संक्रमित व्यक्तिहरूले गन्धको क्षतिको अनुभव गरेपनि उनीहरूमा पूर्ण रूपमा सुँध्ने क्षमता नहराउने पत्ता लागेकाे छ ।

अध्ययनका अनुसार ४.१ प्रतिशत सहभागीहरूले पाँचवटा, ३८.८ प्रतिशतले कमसेकम एउटा र १६ प्रतिशतले दुइटा गन्ध पहिचान गर्न सकेनन् ।

स्वस्थ सहभागीहरूसँग तुलना गर्दा अध्ययनमा उपस्थित सबैले गन्धमा महशूस गर्न सक्षम थिए, जब कि १४ प्रतिशत कम्तिमा एउटा गन्ध पहिचान गर्न असमर्थ रहेका थिए ।

अध्ययनपछि संक्रमितहरूले नरिबल तेल र पुदिनाको गन्ध पत्ता लगाउन असमर्थ रहेको पत्ता लाग्यो । अनुसन्धानकर्ताहरूले यो गन्ध परीक्षणले एसिम्प्टोमेटिक कोरोना भाइरसका बिरामी पहिचान गर्न मद्दत गर्नसक्ने विश्वास राखेका छन् ।

अन्वेषकहरूका अनुसार यो विधि घरमा पनि प्रयोग गर्न सकिन्छ । र, कुनै पनि गन्धको क्षति भए व्यक्ति सचेत भइ आवश्यक सतर्कताहरू अपनाउन सक्छ ।

jackson ribon