birat ribon

भिनिसियस र बेन्जेमाको गोलमा रियल मड्रिड शीर्ष स्थानमा

Neuro
भिनिसियस र बेन्जेमाको गोलमा रियल मड्रिड शीर्ष स्थानमा

विराटनगर, १८ असोज । स्पेनिस ला लिगामा साविकको विजेता रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति आफ्नो चौथो खेल खेलेको रियलले लेभान्टेमाथि २–० गोलको जित निकाल्दै शीर्ष स्थान बनाएको हो ।

cura insider

लेभान्टेको मैदानमा रियललाई जिताउन भिनिसियस जुनियर र करिम बेन्जेमाले समान एक-एक गोल गरे । खेलको १६औं मिनेटमा भिनिसियसले गोल गर्दै पहिलाे हाफभरि रियललाई अग्रता दिलाए ।

यस्तै खेलकाे इन्ज्युरी समयमा बेन्जेमाले गोल गर्दै रियललाई २-० गोलको जित दिलाए ।

जितसँगै रियलले १० अंक बनाउँदै शीर्ष स्थान बनाएको हो । पराजित लेभान्टे भने ३ अंकका साथ १८औं स्थानमा छ ।

jackson ribon