birat ribon

केएल राहुलको अर्धशतकमा पञ्जाबले चेन्नईलाई दियो १७९ रनको लक्ष्य

Neuro
केएल राहुलको अर्धशतकमा पञ्जाबले चेन्नईलाई दियो १७९ रनको लक्ष्य

विराटनगर, १८ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स एलेभेन पञ्जाबले साविकको उपविजेता चेन्नई सुपर किंग्सलाई १७९ रनको लक्ष्य दिएको छ ।

आइतबार दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७८ रन बनायो ।

cura insider

पञ्जाबका लागि कप्तान केएल राहुलले अर्धशतकीय इनिङ्स खेले । ५२ बल खेलेका उनले ७ चौका र १ छक्काको सहायतामा ६३ रन बनाए ।

यस्तै निकोलास पुरनले ३३ रन जोड्दा मन्दीप सिंहले २७ रन बनाए । मयांक अग्रवालले २६ रन बनाउँदा सर्फराज खानले अजिवित १४ तथा ग्लेन म्याक्सवेलले अजिवत ११ रन जोडे ।

चेन्नईका शार्दूल ठाकुरले दुई विकेट लिँदा रवीन्द्र जडेजा र पियूष चावलाले समान एक–एक विकेट लिए ।

यो खेलमा दुवै टोली दोस्रो जितको खोजीमा छन् । समान ४–४ खेल खेलिसकेका यी दुई टोलीले एक खेलमा जित र तीन खेलमा पराजय भोगेका छन् ।

दुई अंकका साथ पन्जाब सातौं स्थानमा रहँदा चेन्नई समान अंकका साथ पुछारमा छ ।

jackson ribon