birat ribon

महिला यात्रीहरूको सहजताका लागि अन्तरिक्षमा नयाँ शौचालय

Neuro
महिला यात्रीहरूको सहजताका लागि अन्तरिक्षमा नयाँ शौचालय

विराटनगर, १८ असोज । नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा परीक्षणको लागि एक नयाँ शून्य-गुरुत्वाकर्षण शौचालय लन्च गर्न लागेको छ । 

भविष्यमा चन्द्रमामा प्रयोग गर्नका लागि नासाले आईएसएसमा शौचालय लन्च गर्न लागेको बीबीसीमा उल्लेख गरिएको छ ।

cura insider

शरीरबाट फोहोर सोछ्ने दुई करोड ३० लाखको शौचालयलाई एक कार्गो जहाजबाट स्टेशनमा पठाइने भएको छ । नासाका अनुसार शौचालयको अघिल्लो मोडलहरूको तुलनामा नयाँ शौचालयलाई भ्याकुम प्रणालीबाट महिला अन्तरिक्ष यात्रीहरूको सहजका लागि डिजाइन गरिएको छ ।

कार्गो जहाज बोकेको रकेट बिहीबार दिउँसो भर्जिनियाको वालप्स टापुबाट पठाउने तयारी भइरहेको थियो । तर, टेक्निकल समस्याहरूको कारण रकेट लन्च हुने ३ मिनेट अगाडि मिसन रद्द गरियो ।

युनिभर्सल वेस्ट मैनेजमेन्ट सिस्टम (यूडब्ल्यूएमएस) हुने नयाँ टायटानियम स्पेस शौचालयले अन्तरिक्ष यात्रीहरूलाई गहिरो अन्तरिक्ष अभियानमा जान सहयोग गर्ने छ ।

शौचालयले शून्य-गुरुत्वाकर्षणको फिजिकबाट शरीरको फोहोरलाई भ्याकुम प्रणालीबाट सोछ्ने गर्छ । ४५ किलो र ७१ सेमी अग्लो शौचालय पहिलेको तुलनामा ६५ प्रतिशत सानो र ४० प्रतिशत हल्का रहेको बताइन्छ ।

नासाका प्रोजेक्ट म्यानेजर, मेलिसा म्याकिन्ले प्रोजेक्टको ठूलो हिस्साले महिला टोलीका लागि शौचालयको प्रयोगलाई अनुकूलित गरेको बताएकी छन् ।

नासाले शौचालयलाई महिला सदस्यको लागी बढी सुविधाजनक बनाउन धेरै समय खर्च गरेको उनको भनाइ छ ।

शौचालयमा बस्दा, अन्तरिक्ष यात्रीहरूले आफैंलाई तैरिनबाट रोक्नका लागि खुट्टा प्रतिबन्ध र ह्यान्डहोल्डहरू प्रयोग गर्न सक्छन् ।

शौचालयले पिसाबलाई पिउने पानीको रूपमा प्रशोधन गर्नसक्ने बताइएको छ । पानी बाहेकका अन्य फोहोरको बिषयमा भने नासाले यस क्षमताको अध्ययन गरिरहेको छ ।

jackson ribon