birat ribon

इन्टर र लाजियोले अंक बाँडे, इम्मोबाइललाई रातो कार्ड

Neuro
इन्टर र लाजियोले अंक बाँडे, इम्मोबाइललाई रातो कार्ड

विराटनगर, १८ असोज । इटालियन सिरी ‘ए’मा इन्टर मिलान र लाजियोले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा १–१ गोलको बराबरी खेल्दै इन्टर र लाजियोले बराबरी अंक बाँडेका हुन् ।

लाजियोको मैदानमा भएको खेलमा इन्टरले सुरुआती अग्रता बनाएको थियो । खेलको ३०औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्र्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

cura insider

५५औं मिनेटमा सर्जेज मिलिनकोभिक–सेभिकले गोल गरेपछि लाजियो खेलमा फर्कियो ।

६९औं मिनेटमा लाजियो दस खेलाडीमा सीमित बनेको थियो । अघिल्लो सिजनको गोल्डेन बुट विजेता सिरो इम्मोबाइलले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

यस्तै इन्टरका स्टेफानो सेन्सीले खेलको ८६औं मिनेटमा रातो कार्ड पाएपछि पाहुना टोली पनि दस खेलाडीमा सीमित बनेको थियो ।

बराबरीसँगै तेस्रो स्थानमा रहेको इन्टरले ७ अंक जोडेको छ । लाजियो भने ४ अंकका साथ नवौं स्थानमा छ ।

jackson ribon