birat ribon

आर्सनलको तेस्रो जित

Neuro
आर्सनलको तेस्रो जित

विराटनगर, १८ असोज । इंग्लिस प्रिमियर लिगमा आर्सनलले तेस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले शेफिल्ड युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन बुकायो साका र निकोलास पेपेले समान एक–एक गोल गरे । शेफिल्डका डेभिड एमसीगोल्ड्रिकले एक गोल फर्काए ।

cura insider

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६१औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै पेपेले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

८३औं मिनेटमा शेफिल्डका डेभिडले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल हुन नसक्दा आर्सनलले तेस्रो जित निकालेको हो ।

जितसँगै आर्सनल ४ खेलबाट ९ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । अंकविहीन शेफिल्ड १९औं स्थानमा छ ।

jackson ribon