birat ribon

लठ्याउने औषधि खान दिएर गाडीमै सामूहिक बलात्कार

Neuro
लठ्याउने औषधि खान दिएर गाडीमै सामूहिक बलात्कार

भक्तपुर, १८ असिेज । पानीमा लठ्याउने औषधि खान दिएर भक्तपुरमा १७ वर्षीया किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका­-१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङ घर भएका सूर्य श्रेष्ठलाई सामूहिक बलात्कार अभियोगमा पक्राउ गरेको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

cura insider

प्रहरीका अनुसार उनीहरूले यही असोज १६ गते बिहान ११ बजे किशोरीलाई रत्नपार्कबाट भक्तपुर आउने बसमा राखी पानीमा बेहोस हुने औषधि खुवाएर सूर्यविनायक ल्याई नम्बर नखुलेको बसमा १७ गते बिहान १० बजेसम्म सामूहिक बलात्कार गरेका थिए ।

सोही दिन बिहान ११ बजेदेखि राति करिब १० बजेसम्म चाँगुनारायण नगरपालिका-­८ तवियाखुसीस्थित खोला किनारामा पार्किङ्ग गरिराखेको बा.३ ख. २६१२ नम्बरको बसमा लगेरसमेत सामूहिक बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।

पीडित किशोरीले तीन युवाको चुंगलबाट फुत्की प्रहरीकोमा पुगेर घटनाबारे जानकारी गराएपछि प्रहरीले शनिबार नै दुईजना आरोपीलाई पक्राउ गरेको थियो ।

एकजना भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज जिल्ला अदालत भक्तपुरमा जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्धा दायर गरी पक्राउ परेकालाई सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । रासस

jackson ribon