birat ribon

हैदराबादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

Neuro
हैदराबादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

विराटनगर, १८ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविकको विजेता मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको हो ।

शारजाह क्रिकेट स्टेडियममा मुम्बईले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १७४ रन मात्र बनाउन सक्यो ।

cura insider

हैदराबादका कप्तान डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । यस्तै मनिष पाण्डेले ३० रन बनाउँदा जोनी बैर्स्टवले २५ तथा अब्दुल समदले २० रन बनाए ।

मुम्बईका ट्रेन्ड बोल्ट, जस्प्रित बुम्राह र जेम्स प्याटीनसनले २–२ विकेट लिए भने कुर्नाल पाण्डयले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ५ विकेटको क्षतिमा २०८ रन बनाएको थियो ।

मुम्बईका लागि क्वीन्टन डी ककले अर्धशतकीय पारी खेलेका खेले । ३९ बल खेलेका ४ चौका र ४ छक्काको सहायतामा ६७ रन बनाए । उनले आईपीएलमा ११औं अर्धशतक बनाए ।

यस्तै इशान किशानले ३१ रन बनाउँदा हार्दिक पाण्ड्याले २८ रन तथा सूर्यकुमार यादवले २७ रन बनाए । यस्तै किरोन पोलार्डले २५ रन बनाउँदा क्रुनाल पाण्ड्याले २० रन जोडे । यसैगरी कप्तान रोहित शर्मा ६ रनमा आउट भए ।

हैदराबादका सन्दीप शर्मा र सिद्धार्थ कलले समान २–२ विकेट लिँदा राशिद खानले एक विकेट लिए ।

यससँगै मुम्बईअंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबाद भने ४ अंकसहित छैटौं स्थानमा छ ।

jackson ribon