birat ribon

डी ककको अर्धशतकमा मुम्बईद्वारा हैदराबादसामु २०९ रनको लक्ष्य प्रस्तुत

Neuro
डी ककको अर्धशतकमा मुम्बईद्वारा हैदराबादसामु २०९ रनको लक्ष्य प्रस्तुत

विराटनगर, १८ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविकको विजेता मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ५ विकेट गुमाउँदै २०८ रन बनाएको हो ।

cura insider

मुम्बईका लागि क्वीन्टन डी ककले अर्धशतकीय पारी खेलेका खेले । ३९ बल खेलेका ४ चौका र ४ छक्काको सहायतामा ६७ रन बनाए । उनले आईपीएलमा ११औं अर्धशतक बनाए ।

यस्तै इशान किशानले ३१ रन बनाउँदा हार्दिक पाण्ड्याले २८ रन तथा सूर्यकुमार यादवले २७ रन बनाए । किरोन पोलार्डले २५ रन बनाउँदा क्रुनाल पाण्ड्याले २० रन जोडे । यसैगरी कप्तान रोहित शर्मा ६ रनमा आउट भए ।

हैदराबादका सन्दीप शर्मा र सिद्धार्थ कलले समान २–२ विकेट लिँदा राशिद खानले एक विकेट लिए ।

यस खेलमा दुवै टोली तेस्रो जितको खोजीमा छन् । चार खेल खेलिसकेका यी दुवै टोलीले दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेका छन् ।

मुम्बई ४ अंकसहित तेस्रो स्थानमा रहँदा हैदराबाद समान अंकसहित चौथो स्थानमा छ । रन रेटका आधारमा मुम्बईभन्दा हैदराबाद पछि परेको हो ।

jackson ribon