birat ribon

संक्रमितको संख्यामा नेपालले चीन र जापानलाई उछिन्यो

Neuro
संक्रमितको संख्यामा नेपालले चीन र जापानलाई उछिन्यो

विराटनगर, १८ असोज । चीनको वुहानबाट सुरु भएको कोभिड १९ नेपालमा तीब्र गतिमा फैलिरहेको बेलामा संक्रमितको संख्यामा चीनलाई नेपालले उछिनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालले संक्रमितको संख्यामामा चीन र जापानलाई पनि उछिनेको हो ।

cura insider

नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । चीन र जापानमा क्रमशः संक्रमितको संख्या ८५ हजार ४ सय ५० र ८४ हजार ७ सय ६८ रहेको छ ।

नेपालमा संक्रमितको संख्या चीनभन्दा १३ सय ७३ र जापानभन्दा २ हजार ५५ ले बढी हो । हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचीमा नेपालले चीन र जापानलाई संक्रमितको संख्यामा उछिनेर ४४ नम्बरमा पुगेको छ ।

ती संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । कोरोना प्रभावितको सूचीको पहिलो नम्बरमा रहेको चीन अहिले ४५ नम्बरमा झरेको छ । 

jackson ribon