birat ribon

शरीरमा पानीको अभाव भएसँगै देखिन्छन् यी लक्षण

Neuro
शरीरमा पानीको अभाव भएसँगै देखिन्छन् यी लक्षण

विराटनगर, १८ असोज । सबै मानिसहरू पानी पिउने गर्छन्, तर प्रायः व्यक्तिहरूले शरीरको आवश्यकताअनुसार ठीक मात्रामा पानी पिइरहेका हुँदैनन् ।

सामान्यतया, मानिसहरूले शरीरमा भएको पानीको अभावलाई धेरै हल्कारुपमा लिएका हुन्ध् । तर, पानीको कमीले निम्त्याएको डिहाइड्रेसनको कारण ठूलो संख्यामा मानिसहरूको मृत्युसमेत हुन सक्छ । शरीरमा पानीको कमी भए देखिने सामान्य लक्षणहरूलाई बुझेर यी लक्षणहरूको आधारमा, तुरून्त यस समस्याबाट मुक्त हुन सकिन्छ ।

cura insider

पानीको अभावमा शरीरले देखाउने केही लक्षणहरू :

– शरीरमा पानीको अभाव भएसँगै ओठहरू धेरै सुख्खा हुन थाल्छन् र बाहिरी छाला फुट्न थाल्छ । कहिलेकाहीँ ओठबाट रगत पनि आउन सक्छ ।

– पानीको अभावका कारण घाँटी सुख्खा रहन्छ र जति पानी पिए पनि प्यास हराउँदैन ।

– शरीरमा पानीको अभावले छाति पोल्ने, एसिडिटी, पेटमा समस्या हुनुका साथै, ब्रस गरेपछि पनि सास गनाउने हुन सक्छ ।

– शरीरमा पानीको कमीले पिसाबको रङ गाढा पहेँलो हुन्छ । यससँग पिसाबको मात्रा सामान्यभन्दा कम हुने र पिसाब फेरेपछि पोल्ने तथा चिलाउने समस्या हुन सक्छ ।

– डिहाइड्रेसन भएका व्यक्तिहरूको शरीरको छाला पनि धेरै सुख्खा र निर्जीव देखिन्छ । लामो समयदेखि शरीरमा पानीको अभावका भए सानो उमेरमा नै छाला चाउरी पर्न थाल्छ ।

– पानीको अभावले मांसपेशीको दुखाइ र टाउको दुखाइ निम्त्याउन सक्छ । दुखाइका कारणले, मानिसको अनुहार बिरामी जस्तो तेजहीन देखिन्छ ।

– शरीरको आवश्यकताअनुसार पानी नपिउने व्यक्तिहरूको आँखामुनि डार्क सर्कल्स स्पष्ट देख्न सकिन्छ । यस्ता व्यक्तिहरूको आँखा भित्र गाडिएको जस्तो देखिनुका साथै, उनीहरू हरेक समय कमजोरी र थकान भएको महसुस हुन्छ ।

jackson ribon