birat ribon

डीपीएलको चौथो संस्करण पुनः स्थगित

Neuro
डीपीएलको चौथो संस्करण पुनः स्थगित

विराटनगर, १८ असोज । चौंथो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट पुनः स्थगित भएको छ । धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डीपीएल स्थगित भएको जानकारी दिएको हो ।

चौथो संस्करणको डीपीएल २४ अक्टोबरदेखि ७ नोभेम्बरसम्म आयोजना गर्ने घोषणा गरिएको थियो ।

cura insider

तर, कोरोना महामारीको जोखिम तथा सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगिताको नयाँ मिति चाँडै तोकिने समेत जनाएको छ । एकेडेमीका अध्यक्ष सुवास शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले चौथो संस्करण यही अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म आयोजना गर्ने घोषणा यसअघि नै गरिसकेका थियौं । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम तथा सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण उक्त निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको छ । प्रतियोगिताको नयाँ मिति यथाशीघ्र चाँडो घोषणा गर्ने जानकारी गराउँछौं ।’

यसअघि प्रतियोगिता करिब ८ महिना सरेको थियो । सुरुआतमा आयोजकले प्रतियोगिता गत वर्षको फागुन ३ गतेबाट आयोजना हुने जनाएको थियो । तर, त्यस समय नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने भएपछि प्रतियोगिताको सारिएको थियो ।

अघिल्लो वर्ष डिपिएलको तेस्रो संस्करण धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न भएको थियो ।

jackson ribon