birat ribon

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुग्यो

Neuro
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुग्यो

विराटनगर, १८ असोज । नेपालमा आइतबार थप ७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रमा थप सात जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

नेपालमा आइतबार थप २२ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

jackson ribon