birat ribon

आइतबार २२ सय ५३ कोरोना संक्रमित थपिए

Neuro
आइतबार २२ सय ५३ कोरोना संक्रमित थपिए

विराटनगर, १८ असोज । नेपालमा आइतबार थप २२ सय ५३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ७८४ जनाको परीक्षणमा थप २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज थप ७ जना संक्रमितकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५३५ पुगेकाे छ ।

jackson ribon