birat ribon

आज थप १३ सय २९ जना कोरोनामुक्त

Neuro
आज थप १३ सय २९ जना कोरोनामुक्त

विराटनगर, १८ असोज । नेपालमा आइतबार थप १३ सय २९ संक्रमित कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १३ सय २९ जना निको भएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

नेपालमा आइतबार थप २२ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

आज थप ७ जना संक्रमितकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५३५ पुगेकाे छ ।

jackson ribon