birat ribon

सकारात्मक सोच र तनाव व्यवस्थापन विषयमा भर्चुअल प्रशिक्षण

Neuro
सकारात्मक सोच र तनाव व्यवस्थापन विषयमा भर्चुअल प्रशिक्षण

विराटनगर, १८ असोज । सकरात्मक सोच र तनाव व्यवस्थापन तथा सूचनाको हकसम्बन्धी विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आरटीआई एड इन्टरनेशनल नेपालका अध्यक्ष जीवन थापाको समन्वय र राष्ट्रिय सूचना आयोगको सहजीकरणमा ‘सकरात्मक सोच र तनाव व्यवस्थापन’ साथै सूचनाको हकसम्बन्धी विषयमा भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

cura insider

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सार्वजनिक सरोकारका विषयमा सूचना लिने र दिने बानीको विकासले सुशासन, सदाचार र जवाफदेहितामा महत्व राख्ने भएकोले त्यसप्रति सबै नागरिक सचेत रहन आवश्यक भएको र त्यसलाई बढवा दिन आरटीआई एड इन्टरनेशनल नेपालले सूचनाको हक अभियान अघि बढाइरहेको बताए ।

उक्त कार्यक्रममा प्रमुख वक्ता राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सकरात्मक सोचको विकास कसरी गर्ने, जीवनमा आइपर्ने तनावहरूको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा स्लाइट देखाउँदै प्रशिक्षणार्थीहरूलाई प्रशिक्षण गराए ।

साथै सूचनाको हक सम्बन्धमा पनि सूचना लिन वा दिन कसरी सकिन्छ ? संविधानमा के व्यवस्था छ ? भन्नेबारे पनि उनले जानकारी दिएका थिए ।

‘सार्वजनिक सरोकारको विषयमा सूचना लिन पाउनु प्रत्येक नागरिकको कर्तव्य र अधिकार हो । यदि कुनै सार्वजनिक निकायले सूचना दिन नमाने हामीलाई भन्नुस्, हामी साथमा छौं,’ उनले सूचनाको हक अभियन्तालाई इङ्गित गर्दै भने, ‘त्यसैले तपाईंहरू जागरुक हुनुस् र सूचना माग्ने संस्कारमा लाग्नुस्, हामीले सरकारलाई खबरदारी नगरे कसले गर्छ । यो संविधानतः प्रत्येक नागरिकको मौलिक हक हो । भ्रष्टाचारमुक्त समुन्नत देश निर्माणको लागि अब हामी जाग्नुपर्छ ।’

jackson ribon