birat ribon

च्याम्पियन्स लिगमा मेस्सी र रोनाल्डोको भेटले रिभाल्डो उत्साहित

Neuro
च्याम्पियन्स लिगमा मेस्सी र रोनाल्डोको भेटले रिभाल्डो उत्साहित

विराटनगर, १८ असोज । सन् २०१८ यता एक–अर्काको सामना नगरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले युरोपियन च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछन् ।

च्याम्पियन्स लिगको समूह चरणको खेलमा मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले रोनाल्डो सम्मेलित युभेन्टससँग खेल्दैछ ।

cura insider

दुई वर्षअघि ला लिगा क्लब रियल मड्रिड छोडेयता रोनाल्डो र मेस्सीको प्रतिद्वन्द्वीता समाप्त नै भएको आँकलन गरिन्थ्यो । ९ वर्ष रियल मड्रिडमा खेल्दै मेस्सीको प्रतिद्वन्द्वीका रूपमा खेलेका रोनाल्डो २०१८ मा युभेन्टस गएका थिए ।

त्यसपछि दुई वर्ष यी दुईले मैदानमा एक–अर्काको सामना गरेका थिएनन् । तर, दुई वर्षपछि च्याम्पियन्स लिगमा यी दुईबीचको भेट हुने पक्का भएको हो । च्याम्पियन्स लिगको ‘जी’ समूहमा परेका यी दुईले २८ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछन् र दोस्रो पटक भने ८ डिसेम्बरमा खेल्नेछन् ।

पहिलो खेल युभेन्टसको मैदानमा हुनेछ भने बार्सिलोनाको मैदान क्याप नोउमा दोस्रो खेल हुनेछ । यी दुईबीचको पुनः भेटले फुटबल समर्थक मात्र नभएर पूर्वखेलाडी, प्रशिक्षकलगायत धेरै उत्साहित छन् ।

यस्तैमा ब्राजिलियन लिजेण्ड रिभाल्डो पनि रोनाल्डो र मेस्सीको भेटले उत्साहित छन् । ‘बार्सिलोना र युभेन्टसले च्याम्पियन्स लिगको समूह चरणको खेलमा खेल्दैछन् । र, मेस्सीले रोनाल्डोविरुद्धको खेलेको हेर्न मजा हुनेछ’, रिभाल्डोले बेटफेयरसँग भनेका छन् ।

‘म मात्र होइन पूरा विश्व नै यी दुईबीचको खेल हेर्न चाहन्छन् । अरु टिम कमजोर भएका कारण युभे र बार्सा सहजै समूह चरणबाट अघि बढ्नेछन् । यो खेलमा दुवै खेलाडी आफूलाई बलियो साबित गर्ने दाउमा छन् ।,’ उनले थपे ।

jackson ribon