birat ribon

रियल मड्रिडलाई शीर्ष स्थानमा उक्लिने अवसर

Neuro
रियल मड्रिडलाई शीर्ष स्थानमा उक्लिने अवसर

विराटनगर, १८ असोज । स्पेनिस ला लिगामा साविकको विजेता रियल मड्रिडले आज आफ्नो चौथो खेल खेल्दैछ । नेपाली समयानुसार साँझ ७ः४५ बजेबाट सुरु हुने उक्त खेलमा रियलले लेभान्टेसँग खेल्न लागेको हो ।

लेभान्टेको मैदानमा हुने यस खेलमा रियललाई शीर्ष स्थानमा उक्लिने अवसर रहेको छ । हाल ऊ ७ अंकसहित चौथो स्थानमा छ । रियलले तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको छ ।

cura insider

आजको खेलमा लेभान्टेलाई उसैको मैदानमा हराउन सकेको खण्डमा रियलले १० अंक जोड्दै शीर्ष स्थान बनाउने छ । हाल शीर्ष स्थानमा रहेको रियल बेटिससँग ९ अंक छ भने दोस्रो स्थानको रियल सोसिडाडसँग ८ अंक छ ।

यता, लेभान्टे भने ३ अंकसहित १६औं स्थानमा छ ।

jackson ribon