birat ribon

सामान्य मौसमी फ्लु र कोरोना संक्रमणका लक्षण, यसरी चिन्नुहोस्

Neuro
सामान्य मौसमी फ्लु र कोरोना संक्रमणका लक्षण, यसरी चिन्नुहोस्

विराटनगर, १८ असोज । अहिले मौसम परिवर्तनको समय हो । यो समयमा प्रत्येक वर्ष अधिकांश मानिसहरूलाई रुघाखोकी लाग्ने गर्छ ।

कोरोना संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर डरका कारण अस्पतालमा उपचार गर्न आउने बिरामी तथा कोरोनाको परीक्षण गराउनेको संख्या निकै बढेको छ । कोभिडको लक्षणहरू, ज्वरो र खोकीसहितका मौसमी फ्लू तथा अन्य सामान्य रोगहरूसँग पनि मिल्ने हुन्छ । मौसम परिवर्तनका कारण भएको फ्लू र कोभिडलाई छुट्याउनसमेत गाह्रो हुन्छ ।

cura insider

यस्तैमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले मौसमी रुघाखोकीका लक्षण र कोभिडका कारण देखापर्ने लक्षणहरू आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वनजिक गरेका छन् । मौसमी रुघाखोकी लागेमा नाकबाट पानी आउने, नाक बन्द हुने, हाच्छ्युँ आउने, शरीर दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षणहरू देखा पर्छ ।

मौसमी रुघाखोकी सामान्य उपचार तथा आरामले फाइदा गर्ने हुँदा छोटो समयमा निको हुने हुन्छ । र यस अवस्थामा अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः आउँदैन ।

त्यस्तै, कोरोना संक्रमण भएमा उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, एकदम थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नहुने, घाँटी खसखस गर्ने, बोली परिवर्तन हुने, खाना नरुच्ने जस्ता लक्षणहरू देखिने हुन्छ । कोभिडको संक्रमण भए निको हुन १० दिन लाग्न सक्ने, अक्सिजन तथा आईसीयूको उपचार आवश्यक पर्न सक्ने हुन्छ ।

सामान्य मौसमी फ्लु र कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा संक्रमण भइहाले छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने, तापक्रम, अक्सिजन हेरिरहने, आवश्यक परे पीसीआर टेस्ट गर्ने र चिकित्सकको सल्लाहबमोजिम उपचार गर्नु पर्छ ।

jackson ribon