birat ribon

म्यानचेस्टर युनाइटेड र टोटनह्याम भिड्दै, लिभरपुल पनि प्रतिस्पर्धामा

Neuro
म्यानचेस्टर युनाइटेड र टोटनह्याम भिड्दै, लिभरपुल पनि प्रतिस्पर्धामा

विराटनगर, १८ असोज । इंग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड र टोटनह्यामको भिडन्त हुँदैछ । नेपाली समयानुसार आज राति ९ः४५ बजेबाट हुने सो खेल युनाइटेडको मैदानमा हुँदैछ ।

ओल्ड ट्राफोल्ड हुने यस खेलमा दुवै टोली दोस्रो जितको खोजीमा छन् । यसअघि टोटनह्यामले तीन खेल खेल्दा एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा पराजय भोगेको छ । ऊ ४ अंकका साथ दसौं स्थानमा छ ।

cura insider

युनाइटेडले भने दुई खेल मात्र खेलेको छ, जसमा उसले एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । ऊ अंक तालिकाको १३औं स्थानमा छ ।

युनाइटेड र टोटनह्यामबाहेक आज अन्य पाँच खेल हुँदैछन् । साविकको विजेता लिभरपुल पनि आज प्रतिस्पर्धामा छ । लिभरपुलले राति १२ बजे एस्टोन भिल्लासँग खेल्दैछ । एस्टोन भिल्लाको मैदानमा हुने यस खेलमा लिभरपुल चौथो तथा घरेलु टोली दोस्रो जितको खोजीमा छ ।

तेस्रो स्थानको लिभरपुलले यसअघि तीनै खेलमा जित निकाल्दै ९ अंक बटुलेको छ । सातौं स्थानको एस्टोन भिल्लाले दुई खेलबाट ६ अंक जोडेको छ ।

यस्तै अपराह्न ४ः४५ बजे दोस्रो स्थानको लेइस्टर सिटीले र १२औं स्थानको वेस्ट ह्यामसँग खेल्दैछ । सोही समय साउथह्याम्पटन र वेस्ट ब्रोमले खेल्दैछन् ।

साँझ ६ः४५ बजे वुल्भस र फुलह्याम प्रतिस्पर्धामा छन् भने सोही समय आर्सनल र शेफिल्ड युनाइटेडले खेल्दैछन् । आर्सनल आठौं तथा शेफिल्ड १८औं स्थानमा छ ।

jackson ribon