birat ribon

किटो डाइटका कारण मृगौलाले काम गर्न छाडेपछि नायिकाको निधन

Neuro
किटो डाइटका कारण मृगौलाले काम गर्न छाडेपछि नायिकाको निधन

विराटनगर, १८ असोज । बंगाली र हिन्दी फिल्मकी नायिका मिष्टि मुखर्जीको २७ वर्षको उमेरमा निधन भएको छ ।

उनको शुक्रबार बेलुका बेंगलुरुमा निधन भएको हो । रिपोर्टअनुसार नायिकाको मृत्यु किड्नी फेलयरका कारण भएको हो । पछिल्लो केही महिनादेखि किटो डाइटको कारण, उनको किड्नी फेल भएको र उनलाई धेरै पीडा भएको भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ । उनी गएको केही महिनादेखि मृगौलासम्बन्धी रोगबाट ग्रस्त थिइन् ।

cura insider

सन् २०१३ मा फिल्म ‘मे कृष्णा हुँ’ बाट बलिउड डेब्यू गर्ने मिष्टि मुखर्जीको परिवारमा उनका आमा–बुवा र भाइ छन् ।

धेरैजसोले किटो डाइट आफ्नो तौल घटाउनका गरिरहेका हुन्छन् । किटो एक कम कार्ब, उच्च फ्याट भएको डाइट हो जसले बोसोलाई ऊर्जाको मुख्य स्रोतको रूपमा बर्न गराउने गर्छ । धेरैजसो समय शरीरले कार्बोहाइड्रेट्सलाई उर्जाको लागि प्रयोग गर्छ । तर, शरीरमा कार्बोहाइड्रेट्सको आपूर्तिमा कमी आएपछि शरीरले कार्बको सट्टा अन्य उर्जाको स्रोतको खोजी सुरू गर्छ, जसकारण तौल घट्ने हुन्छ ।

तर, अरूको कुरा सुनेर, युट्युब तथा गुगलमा हेरेर र डाइट्रिसियनको परामर्श नलिई गरिएको किटो डाइटका कारण कम रक्तचाप, मृगौलामा ढुंगा, कब्जियत, पोषक तत्वको कमी र हृदय रोग निम्त्याउन सक्छ । किटो डाइट पनक्रियास, कलेजो, थाइरोइड वा पित्ताशोषकमा कुनै पनि समस्या भएका मानिसहरूको लागि सुरक्षित मानिँदैन ।

jackson ribon