birat ribon

कारागारभित्र २०० बढी दीर्घरोगी, उच्च सतर्कता

Neuro
कारागारभित्र २०० बढी दीर्घरोगी, उच्च सतर्कता

रत्ननगर, १८ असोज । कारागार कार्यालय चितवनमा दुई सय बढी कैदीबन्दीले नियमित औषधि लिने गरेका छन् । नियमित औषधि लिनेको संख्या दुई सय १२ छ ।

उच्च रक्तचापका ७८, मधुमेहका ७२, पायल्सका १८, बाथरोगका १५, थाइराइडका १० जना बिरामी छन् । यस्तै मुटुरोगका छ, मानसिक रोगका पाँच, एचआइभीका तीन, क्षारे र क्षयरोगीका दुई–दुई, कुष्ठरोगी एक जना छन् । विषेशज्ञबाट सुझाव दिएका औषधि सहजरूपमा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ ।

cura insider

“बिरामी धेरै भए पनि जटिल अवस्थाका कम छन्”, कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले भने , “बिरामीलाई छुट्टै ब्लकमा राखेका छौँ, नियमित जाँच तथा उपचारको सुविधा दिएका छौँ ।” पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको देखिएपछि भरतपुर कारागार सबैभन्दा बढी जोखिम क्षेत्र बनेको छ । हाल कारागारमा कैदी तथा थुनुवा गरी ६८० जना छन् ।

यसैबीच कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र यहाँ कोरोना भाइरसको सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाएको हो । चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ ।

काफ्लेले कैदी तथा थुनुवाका लागि आफन्तले ल्याएको सर–सामान पनि फिर्ता पठाइएको बताए । “आफन्तले ल्याएको पैसालाई स्यानिटाइज गरी पु¥याउने व्यवस्था मिलाएका छौँ”, उनले भने, “कैदी तथा थुनुवाबीच सामाजिक दूरी कायम गराउन गाह्रो छ । बाहिराबाटै चेन ब्रेक गर्न सावधानी मिलाएका छौँ ।”

प्रमुख काफ्लेका अनुसार अन्य कुनै रोगको सङ्क्रमण हुन नदिन माछा, मासु खान पनि बन्द गरिएको छ । कारागारभित्रकालाई हालसम्म कोरोना देखिएको छैन । कैदी तथा थुनुवाको खानपानामा ध्यान दिइएकाले जटिल स्वास्थ्य समस्या नदेखिएको उनको भनाइ छ ।

नयाँ आउने बन्दीलाई छुट्टै ब्लकमा दुई हप्ता अलग राख्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार सम्भावित जोखिमलाई हेरेर आइसोलेसन ब्लकसमेत बनाउने तयारी छ । करिब ३० श्ययाको आइसोलेसनकक्ष बनाउनेबारे छलफल भइरहेको उनको भनाइ छ ।

“अहिलेसम्म भित्र कोरोना सङ्क्रमण भेटिएको छैन र हामी उच्च सतर्क छौँ”, उनले भने, “बेलाबखत केहीको पिसीआर परीक्षण गराएका छौँ, सङ्क्रमण देखिहाले फैलिन नदिन आवश्यक पूर्वतयारी गरिसकेका छौँ ।” रासस

jackson ribon