birat ribon

राष्ट्रपति भण्डारीद्धारा ट्रम्पलाई स्वास्थ्यलाभको कामना

Neuro
राष्ट्रपति भण्डारीद्धारा ट्रम्पलाई स्वास्थ्यलाभको कामना

विराटनगर, १८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्य लाभको कामना गरेकी छन् ।

भण्डारीले एक सन्देश पठाउँदै ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र लाभको कामना गरेकी हुन् । ट्रम्पलाई आफ्नो सन्देशमा कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा भण्डारीले जोडसमेत दिएकी छन् ।

cura insider

सन्देशमा उनले नेपाल र अमेरिका बीचको वहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने धारणा व्यक्त गरेकी छन् । ट्रम्प दम्पतीलाई कोरोना संक्रमण भएको कुरा शुक्रबार बाहिरिदिएको थियो ।

jackson ribon