birat ribon

ट्रम्पमाथि आक्रामक हुन्न : जो बाइडेन

Neuro
ट्रम्पमाथि आक्रामक हुन्न : जो बाइडेन

विराटनगर, १८ असोज । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले आफू अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रामक नहुने बताएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा ट्रम्प प्रशासनले गरेको कामलाई कुनै विरोध पनि गर्ने अवस्थामा नभएको उनले बताए । राष्ट्रपति ट्रम्प आफै कोरोना भाइरसबाट संक्रमित भएर उपचारको क्रममा रहेकाले उनको कमजोर प्रयासलाई लिएर आलोचना नगर्ने बाइडेनले बताएका हुन् ।

cura insider

स्थानीय समय अनुसार शनिबार बाइडेनले भर्च्युअल चुनावी कार्यक्रममा यातायात कर्मचारीले महामारीको नियन्त्रणमा अमेरिकामा भइरहेको प्रयासका बारेमा सोधेका थिए । त्यसमा जवाफ दिँदै उनले ट्रम्पको प्रयासलाई लिएर तत्कालका लागि आलोचना नगर्ने बताए ।

उनले भने, ‘अहिले म केही रोकिएको छु किनकी राष्ट्रपति र प्रथम महिलामाथि अहिले आक्रामक रुपमा प्रस्तुत हुन चाहन्नँ । किनकी उहाँहरु नै कोरोना भाइरसबाट संक्रमित हुनु भएको छ ।’ उनले आफूले परिवारका सदस्य गुमाउँदाको पीडा स्मरण गर्दै स्वास्थ्यको विषय राजनीतिक नरहेको बताए । उनले राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क प्रयोग गर्दैन थिए । उनी खुल्लेआम विभिन्न कार्यक्रममा बिना सावधानी जाने गरेका थिए । तर बाइडेनले लगातार मास्क लगाउने तथा विज्ञानलाई सुन्नु पर्ने बताउँदै आएका छन् । उनले भिडभाड युक्त चुनावी कार्यक्रम गरेका छैनन् र लगातार सामाजिक दूरी तथा सावधानीको पक्षमा वकालत गर्दै आएका छन् ।

jackson ribon