birat ribon

ट्रम्पको स्वास्थ्य अवस्थामा अस्पष्टता

Neuro
ट्रम्पको स्वास्थ्य अवस्थामा अस्पष्टता

विराटनगर, १८ असोज । कोरोना भाइरसबाट संक्रमित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था बारे अस्पष्टता देखिएको छ ।

ट्रम्पको वाल्टर रीड मेडिकल सेन्टरमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्यका बारेमा चिकित्सकले जानकारी दिए पनि त्यो विवादस्पद र अस्पष्ट रहेको छ । चिकित्सकले उनको स्वास्थ्य सामान्य रहेको बताएका छन् ।

cura insider

अमेरिकी सञ्चार माध्यमका अनुसार ट्रम्पलाई गत बुधबार नै कोरोना पुष्टि भएको थियो । तर त्यसपछि पनि उनी फण्डरेजर कार्यक्रममा सहभागी भएको खुलेको छ ।

डाक्टर सन कोन्लीले आफूले स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा उपचारको समय क्रमबारे भूलबस भनिएको भन्दा एक दिन पहिले नै हुने खालको कुरा बोलेको बताएपछि स्वास्थ्य अवस्थाका बारेमा अस्पष्टता बाहिर आएको हो । यो कुरा अहिले विवादमा पनि परेको छ । उनले राष्ट्रपति ट्रम्पलाई अक्सिजन नदिइएको र २४ घण्टासम्म उनलाई ज्वरो नआएको बताएका थिए ।

तर त्यसको केही समयपछि नै ह्वाइट हाउसका चिफ अफ स्टाफले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थालाई लिएर चासो व्यक्त गरे । उनका अनुसार ट्रम्प अझै पनि स्वास्थ्य अवस्था सुधार हुने मार्गमा नरहेको बताएका छन् । ट्रम्पले भने भिडियो सन्देश जारी गरेर आफूले राम्रो महसुस गर्न थालेको बताएका छन् ।

उनले स्वास्थ्यकर्मीलाई धन्यबाद दिएका छन् । ट्रम्पले ट्वीट गरेर शुक्रबार बिहानै आफू र प्रथम महिला मिलानिया ट्रम्पमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । सो चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन् । ट्रम्प अझै केही दिन वाल्टर रीड मेडिकल सेन्टरमै रहने छन् । डा. शनले आफूहरु सावधानीपूर्वक आशावादी रहेको बताएका छन् । तर उनले डिस्चार्जको समय सीमा भने दिएका छैनन् ।

७४ वर्षका ट्रम्पले कोरोना भाइरसलाई गम्भीर रुपमा लिएका थिएनन् । उनले कोरोना भाइरसलाई समान्य फ्लू जस्तो भन्दै आएका थिए । अधिकांश समय मास्क नलगाउने तथा मास्क लगाउनेको मजाक बनाउने तथा सामाजिक दूरीको विरोध तथा अस्वीकार गर्दै आइरहँदा उनलाईनै संक्रमण देखिएको हो ।

jackson ribon