birat ribon

बार्सिलोना र सेभिल्ला भिड्दै

Neuro
बार्सिलोना र सेभिल्ला भिड्दै

विराटनगर, १८ असोज । स्पेनिस ला लिगामा आज बार्सिलोना र सेभिल्लाको भिडन्त हुँदैछ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेल बार्सिलोनाको मैदानमा हुनेछ ।

क्याप नोउमा हुने सो खेलमा घरेलु टोली तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा भिल्लारियलमाथि ४–० गोलको शानदार जित निकालेको बार्सिलोनाले दोस्रो खेलमा सेल्टा भिगोलाई ३–० गोलले हराएको थियो ।

cura insider

बार्सिलोना दुई खेलबाट ६ अंक बनाउँदै लिगको सातौं स्थानमा छ ।

यता, सेभिल्ला समान अंकसहित तालिकाको आठौं स्थानमा छ । दुई खेलबाट ६ अंक बटुलेको ऊ गोलान्तरको आधारमा बार्सिलोनाभन्दा पछाडि छ ।

सेभिल्लाले पहिलो खेलमा कार्डिजलाई ३–१ गोलले हराएको थियो भने दोस्रो खेलमा लेभान्टेमाथि १–० गोलको जित निकालेको थियो ।

jackson ribon