Rumpum Advertisement

मुक्तक

मुक्तक

राजेशराज गड्तौला

सुन्दरता देखावटी कुरा होइन
देखाएर मात्रै गुण देखिने होइन
अवगुण छिपाएर अगाडि बढ
समस्या सुनाएर समाधान हुने होइन !

***

कथा कस्तो हृदयको बुझ्नै नसकिने
व्यथा कस्तो जिन्दगीको भन्नै नसकिने
भावविह्वल हुन्छ मन एकान्तमा
कति बग्छ आँसु खोइ रित्याउनै नसकिने ।