Rumpum Advertisement

संक्रमित २८ वर्षीया महिलाको बीपीमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमित २८ वर्षीया महिलाको बीपीमा मृत्यु

विराटनगर, १७ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस संक्रमित २८ वर्षीया महिलाको मृत्यु भएको छ ।

महोत्तरी घर भई सुनसरीको इनरुवा–४ बसोबास गर्दै आएकी महिलाको उपचार क्रममा शनिबार बिहान ४ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उपचारका लागि बीपीमा भर्ना भएकी उनलाई असोज ८ गते संक्रमण पुष्टि भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

डा. श्रेष्ठले मृतकमा कुनै पनि दीर्घ रोग नभएको जानकारी दिए । शवको व्यवस्थापन नियम अनुसार हुने उनले बताए ।