Rumpum Advertisement

लेवान्डोस्कीलाई यूईएफए प्लेयर अफ दि इयर अवार्ड

Neuro Revised Adv
Koshi Dashain ad
लेवान्डोस्कीलाई यूईएफए प्लेयर अफ दि इयर अवार्ड

विराटनगर, १५ असोज । जर्मन क्लब बायर्न म्युनिखका स्टार रोबर्ट लेवान्डोस्की यूईएफए प्लेयर अफ दि इयर अवार्ड जितेका छन् । बिहीबार च्याम्पियन्स लिग ड्र सार्वजनिक कार्यक्रममा पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीलाई सो अवार्ड प्रदान गरिएको हो ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुयन र बायर्नकै गोलकिपर म्यानुअल नुयरलाई पछि पार्दै लेवान्डोस्की वर्ष खेलाडी घोषित भएका हुन् ।

यसका साथै उनी च्याम्पियन्स लिगका उत्कृष्ट फरवार्ड पनि घोषित भए ।

लेवान्डोस्कीले बायर्नलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । बायर्नले जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि १–० गोलको जित निकाल्दै उपाधि जितेको थियो ।

जर्मन गोलरक्षक म्यानुअल नुयर च्याम्पियन्स लिगका उत्कृष्ट गोलकिपर घोषित भएका छन् । जोसुआ किम्मिच उत्कृष्ट डिफेन्डर बने । म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन उत्कृष्ट मिडफिल्डर घोषित भए । बायर्नका प्रशिक्षक ह्यान्स–डिएटर फ्कि उत्कृष्ट कोच बने ।