Rumpum Advertisement

च्याम्पियन्स लिग ड्र सार्वजनिक, कुन समूहमा कुन टिम ?

Neuro Revised Adv
Koshi Dashain ad
च्याम्पियन्स लिग ड्र सार्वजनिक, कुन समूहमा कुन टिम ?

विराटनगर, १५ असोज । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको तालिका सार्वजनिक भएको छ । बिहीबार राति जेनेभामा च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको हो ।

जसअन्तर्गत, समूह ‘ए’मा साविकको विजेता बायर्न म्युनिख, एथ्लेटिको मड्रिड, आरबी साल्जबर्ग र लोकोमोटिभ मस्को रहेका छन् ।

समूह ‘बी’मा रियल मड्रिडका साथै इन्टर मिलान, शख्तर डोनेस्क र मोन्चेनग्लाडबाच रहेका छन् । समूह ‘सी’मा म्यानचेस्टर सिटी, मोर्सेइली, पोर्टो र ओलम्पिकोस रहँदा ‘डी’मा लिभरपुल, आयाक्स, अटलान्टा र मिड्जील्याण्ड रहेका छन् ।

समूह ‘ई’मा चेल्सी, सेभिल्ला, रेन्नेस र क्रासोन्दर रहँदा ‘एफ’मा बोरुसिया डर्टमुण्ड, लाजियो, क्लब ब्रुग र जेनित रहेका छन् ।

समूह ‘जी’मा स्पेनिस क्लब बार्सिलोना, इटालियन क्लब युभेन्टस, डाइनामो किभ र हंगेरीको फेरेन्सभारोसी रहेको छ ।

यस्तै साविकको उपविजेता पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर युनाइटेड, लेइपजिग र स्तानबुल बसाखसेर रहेका छन् ।