Rumpum Advertisement

लेवान्डोस्की उत्कृष्ट फरवार्ड

Neuro Revised Adv
Koshi Dashain ad
लेवान्डोस्की उत्कृष्ट फरवार्ड

विराटनगर, १५ असोज । जर्मन क्लब बायर्न म्युनिखका स्टार रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगका उत्कृष्ट फरवार्ड घोषित भएका छन् ।

बिहीबार च्याम्पियन्स लिग ड्र सार्वजनिक गरिने कार्यक्रममा पोल्याण्डका स्ट्राइकर लेवान्डोस्की २०१९–२० को च्याम्पियन्स लिगको फरवार्ड अफ दि सिजन बनेका हुन् ।

लेवान्डोस्कीले बायर्नलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । बायर्नले जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि १–० गोलको जित निकाल्दै उपाधि जितेको थियो ।

जर्मन गोलरक्षक म्यानुअल नुयर च्याम्पियन्स लिगका उत्कृष्ट गोलकिपर घोषित भएका छन् । जोसुआ किम्मिच उत्कृष्ट डिफेन्डर बने । म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन उत्कृष्ट मिडफिल्डर घोषित भए ।