Rumpum Advertisement

मुम्बईले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
मुम्बईले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य

विराटनगर, १५ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमिय लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले किंग्स एलेभेन पञ्जाबलाई १९२ रनको लक्ष्य दिएको छ ।

बिहीबार शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १९१ रन बनाएको हो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ७० रनको अर्धशतकीय इनिंग्स खेले । यस्तै केइरन पोलार्डले अजिवित ४७ रन बनाउँदा हार्दिक पाण्ड्याले पनि अजिवित ३० रन जोडे । इशान किशानले २८ रन बनाउँदा सूर्यकुमार यादवले १० रन जोडे ।

पञ्जाबका शेल्डन कन्ट्रेल, मोहम्मद शामी र कृष्णप्पा गोथामले समान एक–एक विकेट झारे ।

यस खेलमा दुवै टोली दोस्रो जित निकाल्ने दाउमा छन् । समान ३–३ खेल खेलेका यी दुई टोलीले एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेका छन् ।

मुम्बईले पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पाँच विकेटको पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले हराएको थियो । यस्तै तेस्रो खेलमा रोयल च्याचेन्जसै बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो ।

यता, पञ्जाबले भने पहिलो खेलमा दिल्ली क्यापिटल्सँग सुपर ओभरमा हार बेहोरेको थियो भने दोस्रो खेलमा बैंग्लोरमाथि ९७ रनको फराकिलो जित निकालेको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित भएको थियो ।