Rumpum Advertisement

बायर्नका म्यानुअल उत्कृष्ट गोलकिपर घोषित

Neuro Revised Adv
Koshi Dashain ad
बायर्नका म्यानुअल उत्कृष्ट गोलकिपर घोषित

विराटनगर, १५ असोज । जर्मन क्लब बायर्न म्युनिखका गोलरक्षक म्यानुअल नुयर च्याम्पियन्स लिगका उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

बिहीबार च्याम्पियन्स लिग ड्र सार्वजनिक गरिने कार्यक्रममा जर्मन गोलरक्षक नुयरलाई २०१९–२० च्याम्पियन्स लिग गोलकिपर अफ दि सिजन घोषणा गरिएको हो ।

उनले बायर्नलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । बायर्नले जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि १–० गोलको जित निकाल्दै उपाधि जितेको थियो ।

यस्तै बायर्नकै जाेसुवा किम्मिच डिफेन्डर अफ दि सिजन घोषित भएका छन् ।